हिमालय क्रिकेट लिगलाई अर्कीड इन्टरनेशनल कलेजको साथ

डिसी नेपाल
२९ माघ २०७६ २२:३६

काठमाडौं । हिमालय स्पोर्टस् म्यानेजमेन्टले १९ वर्ष मुनिको दुई एक दिवसीय क्रिकेट आयोजना गर्ने भएको छ। नेपाली क्रिकेट विकासको लागी अति आवश्यक रहेको लामो अवधिको प्रतियोगिताहरुको अभावलाई मध्यनजर गर्दै दुई दिवसीय उमेर समूहको लिग सञ्चालन गर्न लागिएको हो ।

यही फाल्गुन ५ देखि १८ गते सम्म मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा अर्कीड इन्टरनेशनल कलेज गौशलाले प्रायोजन गर्ने भएको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि, व्याटसम्यान, वलर र उदयीमान खेलाडिलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको हिमालय स्पोर्टस् म्यानेजमेन्टका सुमन राज कार्किले बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *