कविता- “तरुनो र बुढो प्रेम दिवस”

कविता

“तरुनो र बुढो प्रेम दिवस”

कविता विनोद रोका, न्युर्योक

प्रेम दिवशको पहिलो बर्ष थियो
प्रियालाई भेटन मन आतुर थियो
शुन्दर फूलहरु प्रेमको उपहार दिन किने
अनि, छातीमा ढ्यांग्रो ठोक्दै भेटन पार्कतीर हिँडे।

हामी मौन थियौं, आँखाहरु बोल्दै थिए,
आवाज थिएन, तर ओंठहरु चल्दै थिए
फुलदिने बहानामा, यी हातले ती हात छोए
हामी तात्तीयौँ, हाम्रो तापले फूलहरु पिडाले रोए।

प्रिया अर्धागिंनी हुदै बुढी भईन,
म अर्धांगो हुँदै बाजे भए,
थिएन भेटन जानु कतै, थियौँ दुबै साथ
फूल किनेर फर्कदा, परयो झण्डै रात।

फुलमा सौन्दर्यता थियो पहिला झैं उन्माद थिएन
मनको तलाउमा शान्ती थियो, पहिला झै हुरी थिएन।
तैपनि पुरानो स्मृतीले,
अतितमा जस्तै फुल दिने रहर जाग्यो ।

हाम्रो स्पर्शले फुलहरु मुस्कुराए,
मलाई उन्को हात पनि आफनो हात जस्तो लाग्यो
प्रियाले मलाई रिसाउँदै भनिन्, हैन तिमी कहाँ हराएको ?
श्रीमतीलाई छुँदा पनि किन, बात लाग्दा झैं गरी डराएको ?

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position