दोस्रो विश्वयुद्धको क्रममा विछोडिएका दिदीबहिनीले ७८ वर्षपछि एकअर्कालाई भेट्दा…

डिसी नेपाल
३ फागुन २०७६ ९:०९

चेल्याबिन्स्क (रुस)। दोस्रो विश्वयुद्धको क्रममा विछोडिएका दिदीबहिनी ७८ वर्षपछि एक टिभी शोका कारण भेट भए । यस क्रममा उनीहरुले टिभी शो र पुलिसलाई कृतज्ञता ज्ञापन गरे । रुसको आन्तरिक मामिला मन्त्रालयले गत महिना भएको यी दुईको भेटको फुटेज अहिले जारी गरेको छ । भिडियोमा ९२ वर्षकी युलिया र ९४ वर्षकी रोजलिना खारितोनोभा एक अर्कालाई अंकमाल गरिरहेका देखिएका छन् ।

पुलिसका अनुसार युलियाकी छोरीले टिभी शोमा आफ्नी आमा र ठूलीआमाको कहानी बताएकी थिइन् । त्यसपछि यी दुई दिदीबहिनीको एक अर्कासँग सम्पर्क हुन सकेको थियो । यी दिदीबहिनी रुसको स्टेलिनग्राद (जसलाई अहिले भोल्गोग्राद भनिन्छ) मा बस्थे । १९४२ मा जर्मनी सेनाले रुसमाथि आक्रमण गरेको थियो । आक्रमणको मुख्य केन्द्र स्टेलिनग्राद थियो । आक्रमणका क्रममा यी दिदीबहिनी छुट्टिए । युद्धपछि सिभिलियनले यी दिदीबहिनीलाई नाजी (जर्मनी सेना)को कब्जाबाट मुक्त गराएका थिए ।

बहिनी युलियाको जन्म १९२८ मा भएको थियो । नाजीबाट मुक्त भएपछि उनी स्टेलिनग्रादबाट ५ सय किलोमिटर उत्तर पेन्जा शहरमा बस्न लागेकी थिइन् । अर्कोतर्फ १९२६ मा जन्मिएकी दिदी रोजलिनालाई औद्योगिक शहर चोल्याबिन्स्कका फ्याक्ट्रीका कामदारले स्वतन्त्र गराएका थिए । त्यपछि उनी स्टेलिनग्रादबाट १४०० किलोमिटर उत्तर पूर्वको शहर युराल्समा बस्न थालेकी थिइन् ।

यति धेरै वर्ष छुट्टिएर बसे पनि यी दिदीबहिनीले एक अर्कालाई भेट्ने आशा कहिल्यै मारेका थिएनन् । उनीहरुलाई सधैं लागिरहन्थ्यो – एक दिन उनीहरु अवश्य भेट्नेछन् । युलियाले आफूले सबैं रोजलिनालाई खोजिरहने बताइन् । उनले आफूलाई दिदीसँग भेट्छु भन्ने सधैं लागिरहने बताइन् । पुलिस प्रवक्ता इरिना वाकले भनिन् ‘दुवै दिदीबहिनी चोल्याबिन्स्कमा भेट भए । युलियाकी छोरीले पुलिससँग आफ्नी ठूलीआमालाई खोज्न सहयोग मागेकी थिइन् ।’ रोजलिनाले पहिलेदेखि नै यस्तो प्रयास गरिरहेकी थिइन् तर उनले सफलता पाएकी थिइनन् । त्यसपछि उनले बिछोडिएकाहरुलाई भेटाउने शोमा पनि भाग लिएकी थिइन् ।

रुसले यस वर्ष ९ मेमा नाजीहरुमाथि जीतको ७५ औं वार्षिकोत्सव मनाउनेछ । यसको उत्सव विश्वस्तरीय हुनेछ । दोस्रो विश्वयुद्धमा जर्मनीले रुसलाई ठूलो क्षति पुर्याएको थियो । रुसका करिब २ करोड ७० लाख नागरिक मारिएका थिए । स्टालिनग्रादमा मात्र ६ महिनासम्म चलेको युद्धमा दुवै देशका १०–१० लाखभन्दा धेरै सैनिकको ज्यान गएको थियो । फेब्रुअरी १९४३ मा हिटलरको फौजले आत्मसमर्पण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *