नेपाल र सिंगापुरको खेल रद्द, एसियाकप छनोट पुग्नका लागि मलेसिया र हङकङ भिड्दै

डिसी नेपाल
२३ फागुन २०७६ ११:०५

एसीसी इस्टर्न रिजन टि–२० मा आजका लागि निर्धारित नेपाल र सिंगापुरको खेल रद्द भएको छ । यसअघि नै एसियाकप छनोट पुग्ने दौडबाट बाहिरिएको नेपालको लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र थियो ।

एसियाकप छनोटसम्म यसअघि नै पुगिसकेको सिंगापुरले भने आजको खेल रद्द भएपछि अंक तालिकामा आफ्नो शीर्ष स्थान सुरक्षित गरेको छ ।

अब एसियाकप पुग्ने दौडमा हङकङ र मलेसिया छन् । सिंगापुर छनोट भइसकेको छ भने नेपाल र थाइल्याण्ड बाहिरिइसकेका छन् । आजै हुने अन्तिम खेल हङकङ र मलेसियाबीच हुँदैछ । यो खेल जसले जित्छ त्यो टिम एसियाकप छनोटमा पुग्नेछ ।

दुवैले ३ खेलमा २ जीतसहित ४ अंक जोडेका छन् । यदि यो खेल रद्द भएको अवस्थामा हङकङ एसियाकप छनोट पुग्नेछ किनकि हङकङको नेट रनरेट मलेसियाको भन्दा धेरै उच्च छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *