कोरोना रोकथाम कोषमा लक्ष्मी ग्रुपको एक करोड सहयोग

डिसी नेपाल
१२ चैत २०७६ १४:५७

काठमाडौं। लक्ष्मी ग्रुपले कोरोना भाइरस रोगथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले नगदसँगै फिभर क्लिनिक स्थापना गर्नका लागि समेत सहयोग गर्ने जानकारी दिएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले नेपालमा पनि यसको जोखिम बढेकोले सरकारद्वारा स्थापित उक्त कोषमा सहयोग गरिएको कम्पनीले जनाएको छ ।

उक्त रकम कोरोना भाइरस संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्ने समेत कम्पनीले विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *