चैत मसान्तसम्म बीमा प्रिमियम नउठाउन निर्देशन, सवै सेवा अनलाइनमार्फत

डिसी नेपाल
१४ चैत २०७६ ८:३८

काठमाडौं। बीमा कम्पनीहरुले चैत मसान्तसम्म बीमा प्रिमियम नउठाउने भएका छन्।

बीमा समितिले बिहीबार एक सर्कुलर जारी गर्दै चैत मसान्तसम्म बीमाशुल्क संकलन कार्य स्थगित गर्न भनेपछि कम्पनीले बीमा शुल्क नउठाउने भएका हुन्।

विश्वभर फैलिरहेको कोरोना भाइसर (कोभिड १९) का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न आग्र गर्दै समितिले बीमा शुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भए पछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन पनि कम्पनीहरुलाई निर्देशन दिएको हो।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विधुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दावी भुक्तानी गर्नपनि समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ।

लकडाउनपछि कम्पनीहरुको कार्यालय बन्द भएपनि सेवा भने जारी रहेको छ। कम्पनीहरुले सूचना जारी गर्दै कम्पनीको सेवा लिनका लागि निश्चित व्यक्ति तोकेको जानकारी दिएका छन्।

अधिकांश कम्पनीहरुले सूचनामा ४/५ जना सम्पर्क अधिकृत तोकेका छन्। उनीहरुलाई घरैबाट अनलाईमार्फत ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न निर्देशन दिइएको कम्पनीहरुले जनाएका छन्।

सर्भेयर र अभिकर्ता इजाजतपत्र नविकरण गर्नको लागि बीमक मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ म चैत्र मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको पनि बीमा समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *