कोरोनाको कारण ईङल्यान्ड क्रिकेट क्लबका अध्यक्षको मृत्यु

डिसी नेपाल
१९ चैत २०७६ १२:५०

काठमाडौं । लंकाशायर क्रिकेट क्लबका अध्यक्ष डेभिड होजकिस्को कोरोनाको कारण निधन भएको छ । ७१ बर्षिय डेभिडले करिब २२ बर्ष ओल्ड ट्यार्फड मैदानमा १९९८ देखी २०१७ अप्रिल सम्म काम गरेका थिए । उनी पहिला कोषाध्यक्ष र उपाध्यक्ष भएर काम गरेका थिए ।

लंकाशायर क्रिकेट क्लबका अनुसार डेभिडको निधनले उनको परिवार संगै क्लबलाई पनी गहिरो चोट पुगेको छ र उनको निधन प्रति क्लबले गहिरो समाबेदना प्रकट गरेको छ ।

लंकाशायर क्रिकेट क्लबका प्रमुख अधिकारी डेनियल गिडनले भने ः मेरो प्यारो साथी गुमाउदा मलाई गहिरो चोट लागेको छ । ईङल्यान्ड टिमका पूर्व खेलाडी एश्ले जाइल्सले भने ः मलाई लंकाशायर क्रिकेट क्लबका अध्यक्षको निधनले स्तब्ध बनाएको छ, उनी राम्रो एवम सर्बप्रिय थिए, उनलाई हामी सदैब सम्झिरहने छौ, अलबिदा डेभिड ।

ईङल्यान्डका अन्य खेलाडीहरुले पनी डभिडको निधनप्रती गहिरो समाबेदना प्रकट गरेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *