इसीबीद्वारा कोरोनाको महामारीलाई ध्यानमा राख्दै ६ करोड १० लाख पाउन्डको प्याकेज घोषणा

डिसी नेपाल
१९ चैत २०७६ १३:४०

काठमाडौं । इङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी) ले कोविड १९ को महामारीको आर्थिक आभावको सामना गर्न ६ करोड १० लाख पाउन्डको वित्तीय प्याकेज घोषणा गरेको छ तर यो घोषणामा खेलाडीको तलबमा कुनै कटौतीको गरिएको छैन। इसीबीका अनुसार प्रत्येक तहमा काउन्टी, बोर्ड, क्लबमा आर्थिक सहयोग प्रदान गरिनेछ।

इसीबीका मुख्य कार्यकारी अधिकारी टम ह्यारिसनले भने – हामी थाहा छ अहिले एकदमै चुनौतीपूर्ण समय हो र हाम्रो प्राथमिकता इङल्यान्ड र वेल्सका सबै तहका क्रिकेट परिवारका सदस्यहरूलाई छिटो भन्दा छिटो मद्दत पुर्‍याउनु हो।
उक्त रकम मध्ये ४ करोड पाउण्ड तुरून्त उपलब्ध गराइनेछ, बाँकी २० करोड पाउण्ड ब्याजमुक्त ऋणको रूपमा दिइनेछ।

ह्यारिसनले भने – हामी राम्ररी बुझ्दछौ कि कोविड १९ को कारणले अवस्था गाह्रो हुदैछ र सम्पूर्ण वित्तीय घाटा अनुमान गर्न पनी महिनौं लाग्नेछ। तर खेलमा पर्ने प्रभाब लाई बुझेर हामी हाम्रा साझेदारहरूसँग मिलेर सहकार्य जारी राख्नेछौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *