इसीबीद्वारा कोरोनाको महामारीलाई ध्यानमा राख्दै ६ करोड १० लाख पाउन्डको प्याकेज घोषणा
काठमाडौं । इङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी) ले कोविड १९ को महामारीको आर्थिक आभावको सामना गर्न ६ करोड १० लाख पाउन्डको वित्तीय प्याकेज घोषणा गरेको छ तर यो घोषणामा खेलाडीको तलबमा कुनै कटौतीको गरिएको छैन। इसीबीका अनुसार प्रत्येक तहमा काउन्टी, बोर्ड, क्लबमा आर्थिक सहयोग प्रदान गरिनेछ।
इसीबीका मुख्य कार्यकारी अधिकारी टम ह्यारिसनले भने – हामी थाहा छ अहिले एकदमै चुनौतीपूर्ण समय हो र हाम्रो प्राथमिकता इङल्यान्ड र वेल्सका सबै तहका क्रिकेट परिवारका सदस्यहरूलाई छिटो भन्दा छिटो मद्दत पुर्याउनु हो।
उक्त रकम मध्ये ४ करोड पाउण्ड तुरून्त उपलब्ध गराइनेछ, बाँकी २० करोड पाउण्ड ब्याजमुक्त ऋणको रूपमा दिइनेछ।
ह्यारिसनले भने – हामी राम्ररी बुझ्दछौ कि कोविड १९ को कारणले अवस्था गाह्रो हुदैछ र सम्पूर्ण वित्तीय घाटा अनुमान गर्न पनी महिनौं लाग्नेछ। तर खेलमा पर्ने प्रभाब लाई बुझेर हामी हाम्रा साझेदारहरूसँग मिलेर सहकार्य जारी राख्नेछौं।
No ads found for this position


डिसी नेपाल
Facebook Comment