कोरोनाको जोखिम रोक्न झोलुङ्गे पुल बन्द

डिसी नेपाल
२० चैत २०७६ ६:५०

राजापुर । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।

मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि बारबर्दिया –४ का वडाध्यक्ष मान बहादुर थारुले झोलुङ्गे पुलमा ताला लगाइएको जानकारी दिए ।

पुलको वारी र पारी जालीबाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको थारुले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *