भारतमा एकै दिन ८७५ संक्रमित फेला, ज्यान गुमाउनेको संख्या २४९ पुग्यो

डिसी नेपाल
२९ चैत २०७६ ९:१५

काठमाडौँ । छिमेकी मुलुक भारतमा एकै दिन ८७५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगे भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ।

जसमध्ये २४९ जना संक्रमितको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २२ जना संक्रमितको ज्यान गएको छ।

भारतमा कोरोना संक्रमित मध्ये ७ सय ७४ जना उपचारपछि घर फर्किएका छन् ।

भारतमा हालसम्म १ लाख ८९ हजार १ सय ११ जना मानिसको कोरोना परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *