चीनसँग जंगिँदै ट्रम्पले भने – ‘…त्यसो भए हामीलाई पनि विकासशील देश बनाइदेऊ’
वाशिङटन। अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्प एकपटक फेरि चीनप्रति आक्रोशित रुपमा प्रस्तुत भएका छन् । उनले चीनले विकासशील देशको दर्जामा रहेर धेरै फाइदा उठाएको आरोप लगाउँदै अमेरिकालाई पनि विकासशील देश बनाउन माग गरेका छन् । ट्रम्पले ह्वाइट हाउसमा नियमित प्रेस कन्फरेन्समा भने ‘चीनले अविश्वसनीय रुपमा हामी र अन्य देशको फाइदा उठाएको छ । तपाइँहरुलाई थाहा छ तीनलाई विकासशील देश मानिन्छ । म भन्छु, ठिक छ त्यसो भए हामीलाई पनि विकासशील देश बनाइदिनुस् ।’
एक प्रश्नको जवाफमा चीनप्रति आक्रोशित हुँदै राष्ट्रपति ट्रम्पले भने ‘उनहिरुले ठूला फाइदा पाउँछन् । किनकि उनीहरु विकासशील देश हुन् । भारत उक विकासशील देश हो, अमेरिका ठूलो विकसित देश हो । यद्यपि हामीले पनि कैयौं विकास कार्य गर्नु छ । ट्रम्पले विश्व् व्यापार संगठनले पनि अमेरिकाको फाइदा उठाएको आरोप लगाए । चीन अमेरिकाको सहयोगमा विश्व व्यापार संगठनमा प्रवेश गरेपछि मात्र उसको अर्थव्यवस्था बढ्न लागेको दावी गर्दै राष्ट्रपति ट्रम्पले अहिले विश्व व्यापार संगठन नै अमेरिकासँग निष्पक्ष रुपमा पेश नभएको भन्दै अब पनि निष्पक्ष नभए संगठन नै छोड्ने चेतावनी दिए ।
चीनले ३० वर्षदेखि अमेरिकाको फाइदा उठाइरहेको ट्रम्पले आरोप लगाए । ‘चीनले विश्व व्यापार संगठनका यस्ता नियमको फाइदा उठाएको छ जो अमेरिकाका लागि अन्यायपूर्ण छन्’ ट्रम्पले भने । ट्रम्पले देशलाई कहिले खोल्ने भन्ने आफ्नो अहिलेसम्मकै सबेभन्दा ठूलो फैसला हुन गइरहेको बताए । ट्रम्पले देशलाई खोल्ने निश्चित मिति बताएनन् । उनले ह्वाइट हाउस कोभिड १९ टास्क फोर्स र आफ्ना सल्लाहकारहरुसँग परामर्श गरेर खोल्ने विषयमा निर्णय गरिने बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment