अमेरिकाबाट आफ्ना नागरिक फिर्ता नलैजाने देशलाई भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
वाशिङटन। अमेरिकी राष्ट्रपति अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान नमान्ने वा आनाकानी गर्ने देशका नागरिकलाई अमेरिका प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । अमेरिकाले डिपोर्ट गर्न चाहेका विदेशी नागरिकलाई सम्बन्धित देशले स्वीकार नगरेमा ती देशका नागरिकमाथि भिसामा प्रतिबन्ध लगाउन सकिने गरी ट्रम्पले नयाँ नियम पास गर्ने घोषणा गरेका हुन् ।
यदि पास भएमा यो नियम तत्कालै लागू हुनेछ र यो वर्षको अन्त्यसम्म कायम रहनेछ । ट्रम्पले भनेका छन् ‘जुन देशले कोभिड १९ को महामारीको बीचमा आफ्ना देशका नागरिकलाई आफ्नो देश बोलाउन अस्वीकार गरेका छन् वा बिना कारण आलटाल गरेका छन् उनीहरुले अमेरिकाको लागि जनस्वास्थ्य खतरा पैदा गरिरहेका छन् जो अस्वीकार्य छ ।’ गृह सुरक्षा र विदेशमन्त्रीलाई सम्बोधन गरी प्रस्तावित यो नयाँ नियममा अमेरिकी कानुन अस्वीकार गर्ने देशका नागरिकलाई आफ्नो देश फिर्ता पठाउन भनिएको छ ।
यसको प्रक्रिया गृह सुरक्षा मन्त्रीले सुरु गर्नेछन् । उनले आफ्ना देशका नागरिक फिर्ता लैजान अमेरिकाले गरेको अनुरोध अस्वीकार गर्ने देशहरुको पहिचान गर्नेछन् । त्यसपछि उनले यस विषयमा विदेश मन्त्रीलाई सूचित गर्नेछन् । यो सूचना प्राप्त भएको ७ दिनभित्र विदेश मन्त्रीले ती देशहरुमाथि प्रतिबन्ध लगाउने नयाँ नियममा व्यवस्था गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment