अनुसन्धानको खुलासाः अहिले महामारी मच्चाउने कोरोनाभाइरस एउटै होइन ३ प्रकारका छन्

डिसी नेपाल
२९ चैत २०७६ १६:२८

काठमाडौं। अहिले विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको छ । यो महामारीको बीचमा हामीले महामारी फैलाउने भाइरस एउटै भएको अनुमान गरेका छौं । तर, अनुसनधानले भने अहिले विश्वभरी महामारी फैलाउने भाइरस एउटै नभएर तीन फरक–फरक किसिमका भएको खुलासा गरेको छ । वैज्ञानिकहरुले यी भाइरसलाई टाइप ए, टाइप बी र टाइप सी भनेर वर्गीकरण गरेका छन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको अध्ययनमा कोरोनाभाइरसका तीन किसिम भेटिएका हुन् । कोरोनाभाइरसको पहिलो किसिम अर्थात टाइप ए सबैभन्दा पहिले चीनमा भेटिएको भाइरस हो । यो भाइरस जनावरबाट मानिसमा प्रवेश गरेको विश्वास गरिएको छ । सम्भवतः यो जीवाणु चमेरोबाट मानिसमा सरेको हुन सक्ने विश्वास गरिएको डेलिमेलको समाचारमा उल्लेख छ ।

यद्यपि टाइप बी भाइरस पनि धेरै पहिले नै मानिसमा आएको अनुसन्धानले देखाएको छ । टाइप बी पनि २०१९ सालको अन्त्यतिरै मानिसमा आएको हुन सक्ने अध्ययनले देखाउँछ । यीमध्ये सबैभन्दा धेरै टाइप ए भाइरसले संक्रमण फैलाएको पाइएको छ । अष्ट्रेलिया, चीन र अमेरिकामा देखिएको संक्रमणको कारक टाइप ए भाइरस हो ।

बेलायतमा भने टाइप बी भाइरसको संक्रमण बढी देखिएको छ । स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा पाइएका २ तिहाई स्याम्पलहरु पनि टाइप बीकै भेटिएका छन् । टाइप सी भाइरस सिंगापुरबाट फैलिएको देखिएको छ । यो भाइरस सिंगापुरबाट युरोपतर्फ गएको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *