चीनमा फेरि बढ्यो कोरोना संक्रमण

डिसी नेपाल
३० चैत २०७६ ७:२३

काठमाडौँ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्ला केही सातादेखि शून्य देखिँदै आएको चीनमा पछिल्लाे २४ घण्टामा ९९ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यसभन्दा अघिल्लो दिन पनि चीनमा ४६ जना नयाँ संक्रमित फेला परेका थिए भने तीन जना संक्रमितको ज्यान गएको थियो ।

हालसम्म चीनमा ८२ हजार ५२ जना संक्रमित फेला परेकामा ७७ हजार ५ सय ७५ जना उपचारपछि घर फर्किसेका छन् । र, ३ हजार ३ सय ३९ जना मानिसको ज्यान गएको छ ।

अन्यको विभिन्न अस्पतालमा उपचार भइरसको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लगातार ७४ दिनसम्म लकडाउन भएको वुहान शहरमा केही दिनअघि मात्रै लकडाउन खुलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *