विश्वको आर्थिक राजधानीको दयनीय हालत, सामूहिक चिहानमा गाडिँदैछन् लाश

डिसी नेपाल
३० चैत २०७६ १०:४५

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण विश्वको आर्थिक राजधानी मानने अमेरिकाको न्यूयोर्क शहरको हालत अत्यन्तै दयनीय भएको छ । यो महामारीका कारण विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएका छन् । अमेरिकाभित्र पनि न्यूयोर्क शहर सबैभन्दा धेरै प्रभावित छ । पछिल्लो समय अमेरिकामा यति धेरै मृत्यु भइरहेका छन् कि लाश गाड्नको लागि ठाउँसमेत पाउन मुस्किल भएको छ । यही बीचमा न्यूयोर्क शहरका केही तस्वीरहरु सार्वजनिक भएका छन् । समाचार एजेन्सी रोयटर्सका फोटो पत्रकार लुकास ज्याक्सनले खिचेका यी तस्वीरमा न्यूयोर्कको दयनीय हालत देख्न सकिन्छ ।

न्यूयोर्कमा नयाँ चिहानघाट बनाइँदैछन् ताकि कोरोनाभाइरसबाट मृत्यु हुनेहरुलाई गाड्न सकियोस् । डेलिमेलको रिपोर्ट अनुसार न्यूयोर्कको हर्ट आइल्याण्डमा सामूहिक चिहान बनाइएको छ जहाँ मृतकहरुलाई गाडिएको छ । जानकारीका अनुसार पहिले यहाँ ती व्यक्तिहरुलाई गाडिन्थ्यो जो लावारिस अवस्थामा मृत भेटिन्थे वा ती व्यक्तिहरु जसको अन्तिम संस्कारको खर्च उठाउन परिवार असमर्थ हुन्थे । तर, कोरोनाभाइरसको महामारीका कारण अहिले शवहरुको संख्या यति बढेको छ कि यहाँ सामान्य व्यक्तिहरुका शव पनि गाड्न थालिएको छ ।

समाचारअनुसार पहिले यहाँ हप्तामा १ दिन लाश गाड्ने काम हुनथ्यो तर अहिले वहरुको संख्या यति बढेको छ कि हप्तामा ५ दिन लाश गाड्ने काम भइरहेको छ । ड्रोन क्यामेराबाट खिचिएका फुटेजमा देख्न सकिन्छ कि सबै लाशहरु एकसाथ गाडिँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *