चोरबाटो हुँदै नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा

डिसी नेपाल
५ वैशाख २०७७ ९:२०

लहान। भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ ।

सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ जनालाई प्रहरीले भारतीय सीमामा पुगेर नियन्त्रणमा लिई भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाए पनि उनीहरु नेपाल आइपुगेका हुन्।

हिरासतबाट फरार एक पक्राउ

प्रहरी हिरासतबाट फरार एक युवकलाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुरपतारीको टोलीले प्रहरी हिरासतबाट फरार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–३ निवासी ३३ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो। बहुविवाह मुद्दामा थुनामा रहेका यादव गत मङ्सिर १४ गते प्रहरी हिरासतबाट फरार भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *