पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण
काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो।
शुक्रबार उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ जना पुरुष चितवनमा पोजेटिभ देखिएका २ जना (एक महिला र एक पुरुष) को उपचार भइहेको छ। आरडिटी विधिबाट पोजेटिभ देखिएका नमुनाको पिसिआर परीक्षण जारी रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा परीक्षण गरिएको छ। यसैगरी आरडिटी विधिबाट अहिलेसम्म १९ हजार ४ सय ५४ जनाको परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ। मन्त्रालयले सबै जिल्लामा ¥यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ।
देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment