धनुषामा पैसा छरेर हिडनेलाई र्यापिड टेस्टमा कोरोना संक्रमण देखियो
काठमडौं । जनकपुरको व्यस्त बजारमा पैसा छरेर हिड्ने हिड्ने महिलामा र्यापिड टेस्ट गर्दा कोरोनाको संक्रमण देखिएको छ । शनिबार गरिएको द्रुत परीक्षण विधी (आरडिटी)मा एक जनामा कोरोनाको संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिारी कोशहरि निरौलाले डिसी नेपाललाई बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अहिले उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । आज गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो ।
‘यो रिपोर्टको आधारमा संक्रमण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको छ’, निरौलाले भने।
जनकपुरधामको महावीर बजार जाने सडकमा पैसा छरेर भागेपछि स्थानीयले संकास्पद भएर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको उजुरीपछि सो क्षेत्रमा प्रहरीले विशेष निगरानी गरेर छरिएका नोटलाई बरामद गर्नुका साथै चारैतिर सेनिटाइज गरेको थियो । उनिहरुले ५, १० र २० का नेपाली नोटहरु छरेका थिए ।
शुक्रबार स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले सीसीटीभी फुटेज निकालेर जनकपुरभरी सर्च अभियाननै चलाएको थियो।
शुक्रबार बाटोमा पैसा छर्दै हिडेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।
प्रदेश २ का प्रहरी प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार उनिहरुले पैसा छरेर हिड्ने नियत बारे प्रष्ट नभएको बताएका छन् । ‘उनीहरु भारतबाट आएकी हुन भन्ने अनौपचारिक जानकारी पाएका छौं, अनुसन्धान पुरा नहुँदासम्म भन्न सक्ने अवस्था छैन’, एमी सापकोटाले भने ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment