ध्रुवचन्द्र गौतमलाई वसुन्धराश्री र सरुभक्तलाई मानश्री पुरस्कार प्रदान गरिने
काठमाडौँ । आख्यानकार ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ।
शनिबार एक विज्ञप्ती जारी गर्दै वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले नेपाली वाङ्गमयलाई गरिमामय बनाउन आधा शताब्दीयता निरन्तर पुऱ्याएको योगदानका निम्ती गौतमलाई ७५ हजार रुपैयाँ राशीसहितको पुरस्कार प्रदान गरिने घोषणा गरेको छ।
७७ वर्षीय गौतका २५ भन्दा बढी उपन्यासमात्रै प्रकाशित छन्। उनका ‘अलिखित’, ‘कट्टेल सरको चोटपटक’, ‘निमित्त नायक’, ‘तथाकथित’, ‘बाढी’, ‘डापी’, ‘एक शहरमा एक कोठा’ लगायतका उपन्यास लोकप्रिय छन्।
यस्तै यस वर्षको मानश्री पुरस्कार पोखराका साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ। प्रतिष्ठानका सदस्य सचिव कृषु क्षेत्रीले जारी गरेको विज्ञप्तिअनुसार, ६५ वर्षीय सरुभक्त ५० हजार रुपैयाँ राशी र सम्मान पत्रसहित सम्मानित हुनेछन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपतिसमेत रहेका सरुभक्तका ‘पागलबस्ती’, ‘तरुनी खेती’, ‘चुली’ लगायतका उपन्यास र ‘बोक्सीको आह्वान र घोषणापत्र’, ‘कवि, प्रेमी र पागल’, ‘प्रयोगशालाभित्र’ र ‘इथर समय’ जस्ता कवितासंग्रह प्रकाशित भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment