क्रिकेटमा अम्पायरहरुको लागि नया नियम

डिसी नेपाल
१० वैशाख २०७७ ११:४५

काडमाडौं । कोरोना भाइरसको कारण जुन महिना सम्म आयोजना हुने लगभग सबै क्रिकेट प्रतियागिताहरु स्थगित वा रद्द गरिएको छ । यसै बीच इङल्यान्डमा कोरोना अधिकारीहरूले ईङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) अम्पायर प्रबन्धक क्रिस केली सँग बैठक गरेका छन। सो बैठकमा अहिलेको समयलाई ध्यानमा राख्दै एक नियम बनाइएको छ, जस अन्तर्गत अब अम्पायरलाई खेलको समयमा कुनै पनि खेलाडीको कुनै पनि सामान राख्नको लागि अस्वीकार गर्न सक्न सक्ने अधिकार दिइएको छ।

साथै जब खेलमा बल दर्शकहरुमा जानेछ विशेष गरी (टि २०) मा त्यो हरेक पटक परीक्षण गरिने छ। कारोना फैलिन नदिन जारी महामारीलाई ध्यानमा राख्दै यो निर्णयहरू लिइएको बताईएको छ । अहिलेको अबस्थामा कोरोना भाईरसको अन्त्य हुने र क्रिकेट चाँडै फेरि ट्र्याकमा फर्किने आशा कम छ।

ईङल्यान्डमा पहिलो १०० बल प्रतियोगिता (द हन्ड्रेड) १७ जुलाई देखि १५ अगस्त सम्म आयोजना हुँदैछ। यो प्रतियोगिता बाट नै अम्पायरहरुका लागि नयाँ नियम लागु गर्ने योजना रहेको छ। तर कोरोना महामारीको कारण द हन्ड्रेड प्रतियोगिता स्थगित हुने प्रवल सम्भावना रहेको छ ।

खेलमा अम्पायरहरुले खेलाडीहरूको विशेष गरी बलरहरुको स्वेटर, क्याप र अन्य सामानहरु राख्न अस्वीकार गर्न सक्नेछन। बलरहरुले कपडा र अन्य सामानहरु अब मैदान बाहिर राख्नु पर्नेछ। बैठकमा एक अर्को निर्णय पनी गरिएको छ। जस अनुसार खेलको समयमा बल दर्शकहरुमा कुनै कारण बस जान्छ भने त्यो बल प्रत्येक पटक अनिवार्य रुपमा चेकजाँच गर्नु पर्नेछ। यो नियम कोरोनाभाइरसको संकट नसकिएसम्म विशेष गरी टी २० क्रिकेट प्रतियोगितामा लागु गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *