ट्रम्पले उठाइरहेको माग युरोपले पनि उठाएको थियो तर चीनले अस्वीकार गरिदियो

डिसी नेपाल
१३ वैशाख २०७७ ९:३९

काठमाडौं। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक उठाउँदै आएको कोरोनाभाइरसको उद्गम स्थल वुहानमा जाँच गर्ने मागमा युरोपेली संघले पनि ऐक्यबद्धता जनाएको थियो । युरोप र अमेरिका मिलेर कोरोनाभाइरस उत्पत्ति सम्बन्धि स्वतन्त्र जाँचको माग गरेका थिए । तर, चीनले यो माग अस्वीकार गरेको छ । यस्तो माग राजनीति प्रेरित रहेको चीनले जनाएको छ ।

बेलायतमा रहेका उच्च तहका चिनियाँ कुटनितिज्ञले कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्न यस्तो माग गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनले यो मागलाई राजनीति प्रेरित भन्दै खारेज गरिदिएका छन् । अमेरिकाले यो भाइरसले चीनले फैलाएको आरोप लगाउँदै आएको छ । चीनलाई कोरोनाभाइरस सम्बन्धि सूचनासमेत लुकाएको आरोप लागेको छ । तर, चीनले भने आफ्नो देश आएका अमेरिकी सैनिकले भाइरस फैलाएको दाबी गरेको छ ।

युरोपेली युनियनले पनि चीनले कोरोनाभाइरस सम्बन्धि सही सूचना दिन नचाहेको आरोप लगाएको छ । केही दिनअघि प्रकाशित रिपोर्टमा यस्तो आरोप लगाइएको हो । गत डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित पशुपक्षीको मासु बेच्ने बजारबाट भाइरस फैलिएको चीनले नै पुष्टि गरिसकेको छ । त्यसको केही समयपछि नै चीनले उक्त मासु बजार बन्द गराएको थियो । चीनमा अहिले कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा छ । तर, अमेरिका र युरोपका बेलायत, स्पेन, इटाली, फ्रान्स, टर्की, बेल्जियम लगायत देशमा भने नियन्त्रणमा आउन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *