अमेरिकामा मात्रै ९ लाख २५ हजारबढी कोरोना संक्रमित, १ लाख १० हजारको उपचार सफल

डिसी नेपाल
१३ वैशाख २०७७ ९:५०

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दू बनेको अमेरिकामा हालसम्म ९ लाख २५ हजार ३८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ३८ हजार ७६४ जना नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये हालसम्म ५२ हजार १ सय ८५ जनाको ज्यान गुमाएका छन् । शुक्रबार मात्रै अमेरिकामा १ हजार ९५१ जनाको ज्यान गएको छ ।

संक्रमित मध्ये १ लाख १० हजार ४३२ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा हालसम्म ५० लाख १५ हजार ६०२ जनाको कोरोना टेस्ट गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *