पूर्व आईजीपी खनाल संलग्न ‘अपरहण काण्ड’ को तत्काल छानवीन होस् : पूर्व डीआईजी रमेश खरेल

मदन कोइराला
१३ वैशाख २०७७ १२:४१

काठमाडौं। पूर्व डीआईजी रमेश खरेलले पूर्व आइजीपी सर्वेन्द्र खनाल संलग्न भएर समाजवादी पार्टीका सांसद ‘अपहरण’ गरेको विषयमा आफूलाई बोल्न समेत लाझ लागेको बताएको छन्। यो विषयमा तीन करोड नेपालीले थाहा पाएको उल्लेख गर्दै पूर्व डीआईजी खरेलले यस्ता किसिमको विषयमा बोल्दा आफूलाई लाझ लाग्ने बताएका हुन्।

डिसी नेपालसँगको कुराकानीमा खरेलले पूर्व डीआईजी खनाल संलग्न भएको भनिएको सांसद अपहरण प्रकरणको तत्काल निष्पक्ष छानवीन गरी दोषी भए कारवाही गर्नुपर्ने बताएका हुन्। ‘यो विषयमा निष्पक्ष छानवीन गर्नुपर्छ। यदि यो आरोप सत्य होइन भने उहाँ (खनाल) समाजमा छाती खोलेर हिँड्न सक्नुहुन्छ,’ खरेलले डिसी नेपालसँग भने, ‘यदि दोषी देखिनु भयो भने कानुन भन्दा माथि कोही पनि हुँदैन, कानुनको दायरमा ल्याउनुपर्छ।’

उनले यस्ता विषयमा छानवीन गर्न नेपाल प्रहरीलाई कसैको आदेश नचाहिने बताउँदै यस्ता विषयमा छानवीन गर्दा प्रहरीको साख बढ्ने बताए। ‘यो विषयमा छानवीन गर्न कसैको आदेश चाहिँदैन, प्रहरीलाई कानुनले अधिकार दिएको छ,’ उनले भने, ‘कानुन सबैका लागि हो भन्ने विषय प्रमाणित गरेर देखाउने बेला आएको छ।’
पछिल्लो समय नेपाल प्रहरीमा सरुवा बढुवा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयले गर्ने गरेको उल्लेख गर्दै प्रहरी नेतृत्वले यो विषयमा छानवीन गर्ला भन्नेमा शंका रहेको बताए।

बरियतामा आफू पहिलो नम्बरमा भएपनि सरकारले खनाललाई आईजीपी बनाएपछि खरेलले डीआईजीबाट राजीनामा दिएका थिए। हाल खरेल हाम्रो ‘नेपाल सुशासन अभियान’ मा सक्रिय छन्।

सरकारले गत सोमबार राजनीतिक दल विभाजन गर्न खुलुलो बनाउने गरी अध्यादेश जारी गरेपछि पूर्व आईजीपी खनाल, नेकपा सांसदद्वव महेश बस्नेत र किसान श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्रकुमार यादवलाई जनकपुरबाट ‘अपहरण’ गरी पार्टी फुटाउन काठमाडौं ल्याएको आरोप लागेको छ। तर उनीहरुले सांसद यादव कै आग्रहमा आफूहरु जनकपुर गएको दाबी गर्दै आएका छन्।

याे पनि पढ्नुस्

तपाईंको कर्तुत कुन दफाको हो पूर्व आईजीपी सा’ब ?

सांसद ‘अपहरण’ प्रकरणः सत्ता संरक्षित राजनीतिक अपराधिकरण

 




प्रतिक्रिया

One thought on “पूर्व आईजीपी खनाल संलग्न ‘अपरहण काण्ड’ को तत्काल छानवीन होस् : पूर्व डीआईजी रमेश खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *