इटालीमा ४ मे देखि लकडाउन खोल्ने घोषणा

डिसी नेपाल
१५ वैशाख २०७७ ५:००

इटाली। इटालीमा करिब २ महिनादेखि जारी लकडाउन ४ मे देखि खुल्ने भएको छ। आइतबार इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले आफ्नो फेसबूक लाइभ मार्फत मे ४ देखि सरकारले आधिकारिकरुपमा लक डाउन खोल्न लागेको बताए ।

सरकारले आधिकारिकरुपमा लक डाउन खोले पनि मास्क र पन्जा भने अनिवार्य गरेको छ। बाहिर निक्लदा १ मिटरको दुरी कायम गरेर हिड्नु पर्नेछ ।

एक ठाँउबाट अर्को ठाउँमा जादा चाहिने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटको नियममा परिवर्तन नगरे पनि आफ्नो परिवार भेट्न एक अञ्चलबाट अर्को अञ्चलमा जान पाइने छ ।परिवार भेटघाट गर्ने भन्दै धेरैजना जम्मा भएर पार्टी,भोज भतेर गर्न भने पाइने छैन ।

सरकारले मृतकहरुको लागि गरिने अन्त्येष्टिहरूको लागि पनि अनुमति दिएको छ। अन्त्येष्टिमा १५ जनाभन्दा बढी समाबेश हुन पाउने छैनन् र मास्क अनिवार्य लगाउनु पर्नेछ ।

सन्क्रमण बड्न सक्ने भन्दै स्कुल र युनिभर्सिटीहरु सेप्टेम्बरमा मात्रै खोलिने भएका छन् । बिद्यार्थीहरुको कक्षा अनलाईनमै हुने छन् ।

बार, रेस्टुरेन्ट,सैलुन र ब्यूटी पार्लरहरु १ जुनमा मात्र खुल्ने छन् । होम डेलिभेरीका लागि बार र रेस्टुरेन्टहरुलाई ४ मे देखिनै खोल्न अनुमति दिइएको छ । भित्र भिड-भाड गर्न र बाहिर भेला भएर खाना खान अनुमति छैन ।

सरकारले ४ मे बाटै लागू हुने गरि सर्जिकल माक्सको मुल्य ५० सेन्ट तोकेको छ भने घर बाहिर गरिने खेलकुदका लागि पनि सामाजिक दुरी कायम गरी मनिसहरु बहिर निस्कन पाउने भएका छन् ।

आइतबारसम्म इटालीमा सन्क्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ छ भने २६ हजार ६ सय ४४ को मृत्यु भैसकेको छ जुन २४ घन्टामा २ सय ६० हो।यो संख्या १४ मार्च पछिको सबै भन्दा कम हो। सन्चो हुनेको संख्या ६४ हजार ९ सय २८ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *