‘सन्डे मर्निङ लभ यू’ का गायक भन्छन्-जजहरुले समेत गाउँदा खुसी लाग्यो

डिसी नेपाल
१ जेठ २०७७ १:१६

वासिंगटन डिसी। सन्डे मर्निङ लभ यू भन्ने गीतबाट सर्वाधिक चर्चित भएका गायक भीम निरौलाले व्रिटेन गट ट्यालेन्ट रियालिटी शोमा निर्णायकहरु र सहभागीहरुले साथ साथै गाइदिएकोमा आफूलाई खुसी लागेको बताए । डिसी नेपालका साजिद पौडेलसँगको कुराकानीमा उनले आफूलाई हौसला र साथ दिने नेपाल र विश्वभर छरिएर रहेका नेपालीहरुलाई धन्यवाद दिए ।

अन्तर्राष्ट्रियस्तरको विश्व प्रसिद्ध रियालिटी शो ब्रिटेन गट ट्यालेन्टको दोस्रो राउण्डका लागि छनौट भएका गायक निरौलाले आफ्नो प्रस्तुतिका समयमा अचानक बनेको माहोलबारे प्रतिक्रिया दिंदै भने, “मैंले त्यसरी जजहरु र सहभागीहरुले समेत एकसाथ गाउलान् भन्ने नसोचे पनि राम्रो हुन्छ भन्ने सकारात्मक सोचाइ भने राखेको थिएँ ।”

म्युजिक टेक्नोलोजीमा बेलायतबाटै स्नातक गरेका निरौलाले अमेरिकन आइडलमा टप सातमा पुगेर नेपाल र नेपालीको गौरब बढाइरहेका युवा गायक दिवेश पोखरेलको गायकीको प्रसंसा गरे ।  आफ्नो सांगीतिक यात्राका विविध पक्षबारे जानकारी दिएका छन् ।

कुराकानीका क्रममा आफ्नो सांगीतिक यात्राका विविध पक्षबारे जानकारी दिंदै उनले सन् २००५ मा क्रिएसन र सन् २०१० मा प्रत्येकरात र चिनेको छैन भन्ने एल्बम प्रकाशित गरेका तथा पछिल्ला दिनहरु आफ्नै युट्युव च्यानलमार्फत बजारमा ल्याइरहेको बताए । थप कुराकानी भिडियोमा —




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *