कविता – ‘कालापानी लड्नेहरु’

डिसी नेपाल
३ जेठ २०७७ ८:३५

कबिता 

‘कालापानी लड्नेहरु’

कालापानि लड्नेहरु, जल्दैछन है ढल्नेहरु
बलमिच्याई मा परे कि त, बल्ल नेता लडे रे त
कहा गयो हाम्रो नक्सा, कहाँ गयो सिमा
संसद् मा त एउटै गर्जन, गर्छन रे त भिम ।

सब नेता का मुखै बन्द, बेच्यो कि त भुमी
बोल्यो आज कता कता, जन आवाज सुनी ।
कुन नेता ले के के बोले, सब राख्छन् रे ऊनी
जनता रुन्छ धुरु धुरु, छाति को बुट सुनी ।

जहीले मज़दूर बुट नै खाने, अब कहाँ जाने
सड़क बन्दा थाहा नपाउने, भै गो नेता माने ।
सत्तामा त भत्ता होला, जनता खाने गोली
लाचार लाग्छ हाम्रा नेता, सुन्दा तिम्रो बोली ।

नालापानि लड्ने बिर ले, सराप्लान कि कतै
आन्दोलन ले राको बाल्छ, ऐक छन जनता सबै
अब नाटक बन्द गरौं, सिमा पर्खाल पारौं
छन रे अझै ऊनका सेना, जहाँ को त्यही झारौं।

नेता तिम्रो खोपिल्टोमा, घाम लाग्यो कि हैन
१२ बर्ष थाहा नपाऊने, के यहा सरकार छैन
जनता मर्दा मजा होला, सिमा ढल्दा के भो
बिर नेपाली चिन भारत, बल्छ राको दे खो ।
बल्छ राको दे खो।

बिक्रम अधिकारी/जापान


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *