६ बर्षीय फुटबलर : रोनाल्डोको जस्तो शरीर, मेस्सीको स्टाईल

डिसी नेपाल
१० जेठ २०७७ १४:४९

काठमाडौं । ईरानका ६ बर्षीय एक बालक समाजिक संजालमा अहिले निकै चर्चित भएका छन । लियोनल मेस्सीका संसारभर धेरै फ्यानहरु रहेका छन ति मध्ये एक हुन ईरानका अरत होसैनी । उनी सामाजिक संजालमा करिब २०१७ देखीनै भाईरल भएका छन ।

अरत मेस्सीका फ्यान भएपनि उनको शरीर रोनाल्डोको जस्तो रहेको छ । उनको सिक्स प्याक एब्स देखेर जोकोही अचम्म हुन्छ । ६ बर्षकै उमेरमा कुनै बच्चाको सिक्स प्याक एब्स हुनु सामान्य कुरा हैन ।

अरतको आफ्नै ईन्स्टाग्राम अकाउन्ट रहेको छ । जाहा उनले फुटबल स्किल र आफ्नो सिक्स प्याक संग जोडिएका तस्विर र भिडीयोहरु सार्वजनिक गरिरहेका हुन्छन । ईन्स्टाग्राममा उनको ३.९ मिलीयन फ्यानहरु रहेका छन । प्रायजसो भिडीयोमा उनले बार्सिलोनाको जर्सी नम्बर १० लगाएका हुन्छन र मेस्सीको जर्सी नम्बरपनि १० नै हो ।

मेस्सीले सोसल मिडियामा अरतसंग कुराकानी गरेका छन र उनले अरत ठुलो भएपछि बार्सिलोना संग जोडिने विश्वास गरेका छन । मेस्सीले अरतको खेल्ने तरिकालाई एक अलगै किसिमको खेल भनेका छन ।

अरतकाका बुबा, जसले अरतको व्यवस्थापन गर्छन्, उनको छोरा मेस्सीको सबैभन्दा ठूलो प्रशंसक हो र दिन रात बार्सिलोनामा सम्मिलित हुने सपना देखेको बताउछन । उनले फुटबलको संसारमा आफ्नो भविष्य देख्छन र कलिलै उमेरमा यसको लागि कडा परिश्रम गरेको बताउछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *