ला लिगा १२ जुनदेखि सुरु गर्ने आयोजकको तयारी

डिसी नेपाल
११ जेठ २०७७ १३:३२

काठमाडौं । स्पेनिस ला लिगा आयोजकले स्पेनिस सरकारको अनुमति पाएको अवस्थामा १२ जुनदेखि कोरोना महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा सुरु गर्ने तयारी गरेको छ । सेभियाका खेल निर्देशक मोन्चीका अनुसार ला लिगा सुरु हुने मिति र उद्घाटन खेलको सूचना बाहिर आएको हो ।

ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्का सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ ।

‘डर्बीसहित ला लिगा फर्कनु भनेको योभन्दा अरू राम्रो तरिका हुन सक्दैन,  सेभिल्लाका खेल निर्देशक मोन्चीले भने, ‘यो एक प्रोत्साहन हुनेछ । किनकि हामी सबै फुटबल फर्कने आशा गरिरहेका छौ र, यो पहिलो खेल सानदार हुनेछ ।’ ला लिगका अध्यक्ष जाभियर टेबासले सिजनका बाँकी सबै खेल सम्पन्न गरिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *