खेल जित्नको लागि आफ्नै मुत्र पिउँने खेलाडी

डिसी नेपाल
१२ जेठ २०७७ २०:०५

काठमाडौं । ल्योटो माशिदा ब्राजिलियन मिक्स मार्शल आर्ट खेलाडी हुन्, उनले यूएफसीको लाइट हेवीवेट च्याम्पियनसिप पनि जितेका छन । यससँगै उनको नाममा धेरै ठूला रेकर्डहरू रहेका छन छन्। एमएमए को दुनिया मा, ल्योटो माशिदाको नाम ठूलो सम्मानका साथ लिईन्छ। माशिदाले आफ्नो करियरमा ३५ मध्ये २६ खेल जितेका छन् र उनले आफ्नो विपक्षीलाई नाकआउट गरेर ११ खेल जितेका छन्।

यो स्पष्ट छ कि उनको कडा मेहनतमा अतुलनीय किर्तिमानमा लुकेको छ। ल्योटो माशिदा भित्र एक किसिमको फुर्तिलोपन छ जसकारण उनी विपक्षी माथि हाबि हुन्छन। तर उनले जित्नको लागि एउटा यस्तो चाल प्रयोग गर्दछन्, जुन धेरैले सुन्दा विश्वास गर्दैनन्। किनभने ल्योटो माशिदाले आफ्नो खेल खेल्नुभन्दा पहिले उनको आफ्नै पिशाब पिउँछिन्।

युएफसी च्याम्पियन ल्योटो माशिदा आफैंले एक अन्तर्वातामा उनी धेरै वर्षदेखि आफ्नै पिशाब पिइरहेको र जसकारण उनको शरीरलाई शक्ति प्रदान गर्ने उनले खेलमामा उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएको बताएका छन। ल्योटो माशिदा मात्र नभएर उनका बुबाले पनि यस्तो गर्ने गरेका छन। माशिदाका बुबाले अन्तर्वार्तामा भनेका थिए कि उनका छोराले खेलको मात्र होइन, बितेका धेरै वर्षदेखि उनी पनि दिन प्रतिदिन पिसाब पिउन थालेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *