डर्टमण्डलाई पराजित गर्दा वार्यनको बुन्डेसलिगामा उपाधिको सम्भावना बलियो

डिसी नेपाल
१४ जेठ २०७७ १०:०६

काठमाडौं । जर्मनीको बुण्डेसलिगामा वार्यन म्युनिख अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । हिजो भएको खेलमा डर्टमण्डलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै ६४ अंकसहित वार्यन शीर्ष स्थानमा रहेको हो ।

हिजो भएको खेलको पहिलो हाफअघि जोसुवा किमिचीको १ गोलले वार्यनले बढत पाएको हो । हिजै भएको अर्को खेलमा ओल्फोस्ले बर्गले लिभर कुसेनलाई एक विरुद्ध चार गोलले पराजित गरेको छ ।

फ्याङ्कफर्ट र फ्रेइबर्गबीचको खेल ३(३ गोलको बराबरीमा टुङ्गिएको छ भने वेदर ब्रेभ र एम्ग्लादबाजबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । बुण्डेसलिगाको अंकतालिकामा वार्यनसँगै २८ खेल खेलेको डर्टमण्ड ५७ अंकसहित दोस्रो स्थानमा र २७ खेल खेलेको लिग्जिक ५४ अंकसहित तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *