लकडाउनमा नियमित अभ्यास गर्दै नेपालका महिला फुटबल खेलाडीहरु (भिडियो)

डिसी नेपाल
१९ जेठ २०७७ १२:४७

काठमाडौं । लकडाउनमा विश्वका केही देशहरुमा छिटफुट रुपमा खेलकुद प्रतियोगिताहरु भईरहेको बेलामा नेपालमा अहिले पनि खेलकुद प्रतियोगिताहरु ठप्प रहेको छ । नेपालमा खेल प्रतियोगिता लगायत खेलाडीहरु कहिले बाट मैदानमा आएर प्रशिक्षण गर्ने त्यो पनि अनिश्चितनै रहेको छ । अहिलेको संक्रमणकालिन अवस्थामा बिभिन्न क्षेत्रका खेलाडीहरुले घरमै अभ्यास गरेको भिडियो समय समयमा सामाजिक संजालहरुमा आईरहेको छ ।

हालै आएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका महिला फुटबल खेलाडीहरुले घरमा र मैदानमा अभ्यास गरिरहेका एक भिडियो सार्वजनिक गरेको छ । एन्फाले सार्वजनिक गरेको उक्त भिडियोमा हाल एपिएफको जागिरमा रहेकी महिला फुटबलर साबित्रा भण्डारीका साथै दिपा राई, अनिता केसी, निरु थापा, मन माया लिम्बु, अन्जिला सुब्बा, अन्जना राना मगर, रेखा पौडेल, ईन्दिरा राई, रेनुका नगरकोटि, सरु लिम्बु, मन्जली योन्जन, बिमला चौधरी, हिरा भुजेल, अमृता जैसी, गिता राना, पुजा राना, कविता धिमाल लगायतका खेलाडीहरुले आफ्नो फिटनेसमा निकै ध्यान दिइरहेको पाइएको छ ।

(भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *