मिलाऔं ती नारी हातहरु (कविता)

डिसी नेपाल
२ असार २०७७ १०:३९
60
Shares

 

जन्मिछन् नारी कोखबाट, बिर्सन्छन् ती नारी ममता,

हुन्न ढिला गर्न, देखाउनु पर्छ नारीको क्षमता ।

आड्म्बर कहिल्यै देखाइनन्, न नारी छोटो पहिरनमा,

नारीे साडीमा रमाउँछिन्, किन प्रहार हुन्छ अस्मितामा ।।१।।

 

गल्ती के छ र , गर्भमै मारिनु पर्ने,

किन गल्ली गल्लीमा, अस्तित्व नारीको जोगाउनुु पर्ने ।।

नारी सहनशीलतालाई नि, कमजोरी भनि तिमी नठान,

तिमीलाई हुर्काउने त्यही, नारीको काख भनि जान ।।२।।

 

एकछाक पकाएर भोक मेट्ने, छैन तिम्रो छाँट,

दुई थप्पड हान्न खोज्छौं, बाहा– वाहा तिम्रो आँट ।

दुःख साँचेर स्वर्ग बनाई, दिन्छनीे तिम्रो घरलाई,

तिरस्कार र अपमान दिने गर्छौं पुरस्कार उनलाई ।।३।।

 

हरायो मानवता के बयान गरु त्यो राक्षसीपनको,

बलत्कार गरी प्यास मेट्न खोज्छन् दुईवर्षे नानीको ।

बिते ती दिनहरु जहाँ, थुन्ने गर्र्र्थे नारीलाई,

सिकाऔं पाठ समानताको, निर्दयी ती क्रुर पुरुषलाई ।।४।।

 

कति सहनु नारीले जुटौं, कमिलाको ताती झै,

बस्नु हुन्न अवला बनी, लड्नु पर्छ वीरङ्गना भै ।

उठाऔं दर्विलो भै, हटाउदै मनका ती डरहरु,

निर्धक्क सम्मानको लागि, मिलाऔं ती नारी हातहरु ।।५।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *