लिभरपुलले उपाधि जित्ने पक्का

डिसी नेपाल
११ असार २०७७ १७:४४

काठमाडौं । पहिलो पटक इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने यात्रामा रहेको लिभरपुलले गएराती भएको खेलमा क्रिष्टल प्यालेस क्लवलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ३० बर्ष पछि इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने लगभग पक्का भएको छ ।

एनफिल्डमा दर्शक रहित रंगशालामा भएको खेलमा लिभरपुलका लागि अलेक्जेण्डर आर्नोल्ड, सलाह, फाविनो र मानेले गोल गरे । यो जितसंगै ८६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीभन्दा २३ अंकले अगाडी रहेको छ ।

लिभरपुललाई अब उपाधि चुम्नका लागि थप दुई अंकको आवश्यकता छ । यदी आज हुने म्यानचेष्टर सिटी र चेल्सीबीचको खेलमा सिटी विजयी भएमा लिभरपुलको उपाधि यात्रा केही खेल लम्विन सक्छ ।

प्रिमियर लिगमा हिजै भएका अन्य खेलहरुमा सेफ युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै म्यानचेष्टर युनाइटेड विजयी भयो भने इभर्टन क्लवले नोर्विचलाई १–० गोल अन्तरले पराजित गर्न सफल भयो । यसैगरी बर्नमाउथलाई १–० गोल अन्तरले नै हराउदै उल्भ्स क्लव विजयी भयो । अर्को खेलमा न्यूक्यासल र अस्टन भिल्लाले १–१ गोलको बराबरी खेले ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *