महिला विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने

डिसी नेपाल
१२ असार २०७७ १३:११

काठमाडौं । सन् २०२३ मा आयोजना हुने फिफा महिला विश्वकप फुटबल प्रतियोगिता अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने निश्चित भएको छ ।

महिला विश्वकप आयोजनाको दावी गरेका मुलुकहरुको छनोट गर्नका लागि फिफा काउन्सिलको बैठकमा भएको मतदानका क्रममा अर्को प्रत्यासी मुलुक कोलम्वियालाई पछाडी पार्दे अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनाको दावी पारित पारित भएको हो ।

🎉 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬! 🎉 Football Federation Australia 🇦🇺 & New Zealand Football 🇳🇿 will host the #FIFAWWC 2023 🏆

Posted by FIFA Women's World Cup on Thursday, June 25, 2020

आयोजकको छनोट गर्न जुरिचमा भएको मतदानमा अष्ट्रेलिया र न्यूजिल्याण्डको पक्षमा २२ मत पर्यो भने कोलम्वियाले १३ मत प्राप्त गर्यो । यो संगै फिफा महिला विश्वकप फुटबल पहिलोपटक एशियाली फुटबल महासंघ र ओसियानाको सदस्य राष्ट्रमा संयुक्त रुपमा आयोजना हुने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि यसअघि जापान रब्राजिलले पनि दावेदारी प्रस्तुत गरेका थिए । तर कोभिड१९ को महामारिका कारण उत्पन्न आर्थिक संकटका कारण प्रतियोगिता आयोजना गर्न नसक्ने भन्दै दुबै मुलुकले आफ्नो हात झिकेका थिए । त्यस पछि संयुक्त आयोजकका रुपमा अष्ट्रेलिया र न्यूजिल्याण्ड तथा एकल आयोजकमा दक्षिण अमेरिकी मुलुक कोलम्वियाको दावी रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *