डेढ अर्बको क्रुजमा गर्लफ्रेन्डसंगै छुट्टि मनाउन निस्किए रोनाल्डो

डिसी नेपाल
१२ असार २०७७ १५:४९

काठमाडौं । युवेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रेमिका जर्जियासँग फुटबलबाट केहि समय आराम गर्न निजी पानी जाहाजमा छुट्टी मनाउन निस्किएका छन । रोनाल्डोका प्रेमिका जर्जियाले रोनाल्डो संगको रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छिन ।

 

रोनाल्डोको यो विशेष जाहाजको लागत करिब डेढ अर्ब रहेको छ। यो जाहाज मिडिया कोठा, बेडरूम, क्यासिनो जस्ता प्रत्येक आधुनिक सुविधाले सुसज्जित छ। जेट साईस, प्याडल बोर्डहरू र पानी स्लाइडहरू पनि यस जाहाज मा अवस्थित छन्।

रोनाल्डोले कोरोना भाइरस पछि प्रदर्शनको कारण सोशल मिडियामा प्रशंसकहरूको क्रोध सहनुपरेको थियो। प्रशंसकहरूले रोनाल्डोको क्यारियरको अन्त्य हुन लागेको अडकल गर्न थालेको छन ।

रोनाल्डोले एक तस्वीर साझा गर्दे सबै ट्रोलरहरूलाई जवाफ दिदै लेखे, कहिल्यै पनि हार मान्नु हुदैन र म मान्दिन पनि। म अगाडिको चुनौतीहरूको लागि तयार छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *