बुन्डेसलिगाको उपाधि बायर्नलाई

डिसी नेपाल
१३ असार २०७७ २२:५६

एजेन्सी । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ । सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

दुई खेल अगावै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्टो लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७ औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २–० ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खादै मैदानबाट बाहिरिदा घरेलु टिम १० खेलाडीमा समेटियो । माइकललाई पेनाल्टी क्षेत्रमा लडाएपछि उनलाई रेफ्रीले रातो कार्ड र बायर्नलाई पेनाल्टीको मौका दिएका थिए ।

उक्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । उनको यो लिगमा सिजनको ३४ औं गोल समेत हो । उनी यस सिजनको लिगमा सर्वाधिक गोलकर्ता हुन् ।

त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए । वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जितसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ ।

बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो । उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो । बायर्नले यस सिजन २६ जित, ४ बराबरी र ४ हार व्यहोर्यो । बायर्नले विपक्षी टिमबिरुद्ध कुल १०० गोल समेत गर्यो ।

यस सिजन बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १३ अंकले अघि रह्यो । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो । यस सिजन फोर्टुना डुसलडोर्फ र पार्डाबोन रेलिगेसनमा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *