सिरी ए मा युभेन्टस द्वारा लेच्चे पराजित

डिसी नेपाल
१४ असार २०७७ १०:१८

काठमाडौं । इटाली सिरी ए मा युभेन्टसले लेच्चेलाई पराजित गरेको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले जारी सिजनको आफ्नो २३ औं गोल पुरा गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दबाबमा आएको युभेन्टसले लेच्चेलाई ४–० ले पराजित गर्यो । ३१ औं मिनेटमा फाबियो लुचिओनिले रातो कार्ड पाएपछि लेच्चे दश खेलाडीमा सीमित हुन पुगेको थियो । ५३ औं मिनेटमा पाउलो डिबालाले गरेको गोलले युभेन्टसलाई खेलमा १–० को अग्रता दिलाउँदै राहत दिलायो ।

क्रिष्टियानो रोनाल्डोले ६२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै अग्रतालाई दोब्बर पारे । ८३ औं मिनेटमा गोञ्जालेज हिगुइनले पेनाल्टी क्षेत्रभित्रबाट रोनाल्डोको ब्याक फ्लिकलाई गोलमा परिणत गरे । दुई मिनेटपछि डी लिग्टले हेडरमार्फत् गोल गर्दा युभेन्टसले लेच्चेमाथि ४–० को जित दत्र्ता गर्न सफल भयो ।
जितसँगै युभेन्टस लिग तालिकाको शिर्ष स्थानमा सात अङ्कको महत्वपूर्ण अग्रता कायम गरेको छ । उसले २८ खेलबाट ६९ अङ्क बटुलेको छ । २७ खेलबाट लाजियोले ६२ अङ्क बटुलेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *