पाकिस्तान क्रिकेटका छ खेलाडी कोरोना मुक्त

डिसी नेपाल
१४ असार २०७७ १०:३१

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी प्रमुख वसिम खानले छ जना खेलाडी कोरोनामुक्त भएको बताएका छन । कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीमध्ये छ जना मुक्त भएको हो ।

कोरोनाबाट सङ्क्रमित मोहम्मद हाफिज, वहाब रियाज, फखर जमान, शदब खान, मोहम्मद रिजवान र मोहम्मद हसनेनमा पुनः परीक्षण गर्दा कोरोनाको सङ्क्रमण पाइएको छैन् । कशिफ भटी, हरिस रौफ, हैदर अलि र इमरान खानमा कोरोनाभाइरस अझै सक्रिय रहेको खानले बताए ।

ईङल्यान्ड प्रस्थान गर्नुअघि कम्तिमा दुई पटक परीक्षण गर्दा कोरोनामुक्त भएको देखाएमा मात्रै यात्रा गर्न पाउनेछन् । शनिबारको प्रतिवेदनमा कोरोनामुक्त भएका छ जनै खेलाडीको पुनः परीक्षण गरिनेछ । उक्त परिणामले खेलाडीको ईङल्यान्ड यात्रा निर्धारण गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *