फुटबल स्टेडियममा ओसामा बिन लादेनको ‘कटआउट’

डिसी नेपाल
१४ असार २०७७ १२:४७

काठमाडौं । कोरोनाका कारण स्थगित भएका फुटबल लिगहरु पुनः सुचारु हुने क्रममा रहेको छ । ईङलिश प्रिमियर लिग, ला लिगा र सिरी ए जस्ता ठुला फुटबल लिगहरु पुनः संचालन भईरहेका छन । यद्यपी सबै लिगहरु खाली स्टेडियममा संचालन भईरहेका छन । ईङल्यान्डका फुटबल क्लब लिडस युनाईटेडले आफ्ना फ्यानहरुलाई २५ पाउन्डमा आफ्नो कटआउट स्टेडयममा लगाउन सक्ने अफर दिएको छ । तर क्लबको यो अफरले अहिले क्लब आफै समस्यामा परेको छ ।

लिडस युनाईटेडले शनीबार भएको खेलमा कार्डिफ सिटीलाई २–० ले पराजित गरेको छ । सो खेलमा योजना अनुसार कतिपय फ्यानहरुको कटआउट लगाईएको थियो । तर प्रशंसकहरू बीचको खाली सीटमा अल कायदाका पूर्व प्रमुख तथा आतंकवादी ओसामा बिन लादेनको कटआउट पनि थियो। बिन लादेनको कटआउटको छेउमा लगाईएको अर्को कटाआउट भएका ब्यक्तिले अहिले आएर समाजिक संजालमा उजुरी दर्ता गराएका छन ।

बिबिसीका अनुसार क्लबले यो कुरामा आगामी दिनमा सर्तकता अपनाउने जनाएको छ । यस अघि अष्ट्रेलियामा भएको राष्ट्रिय रग्बी लिगमा ब्रिटेनका सिरियल किलर हेरोल्ड सिपम्यानको कटआउट लगाएपछि समाजिक संजालमा आलोचना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *