क्रिकेट खेलाडीलाई ज्यान मार्ने धम्की

डिसी नेपाल
१४ असार २०७७ १३:२८

काठमाडौं । अमेरिकाका अश्वेत नागरिक जर्ज फ्लोडको मृत्यु भएपछि अहिले विश्वभरी जातिवादको बिरोध भईरहेको छ । प्रहरी हिरासतमा जर्ज मारिएपछि अहिले अमेरिका सहित विश्वको कुना कुनामा यस्को बिरोध भईरहेको छ । यसपछि जातिवादको मुद्धामा पनि बहसहरु भईरहेको छ । हाल आएर खेलक्षेत्रमा पनि जातिवादको मुद्धाबारे बहस भईरहेको छ ।

ईङल्यान्डका पूर्व क्रिकेट खेलाडी एवम अलराउन्डर फिलिप डेफ्रिटासले उनी क्रिकेटमा सक्रिय भएको बेला उनी अश्वेत भएका कारण उनलाई ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन । उनले ईङल्यान्ड क्रिकेट टिमको प्रतिनिधित्व गरेको खण्डमा उनलाई गोली हानेर मार्ने धम्की आएको उनले बताए ।

ईङल्यान्डका लागि ४४ टेस्टमा १४० विकेट र १०३ एकदिवसीयमा ११५ विकेट लिएका डेफ्रिटासले यस्ता किसिमका धेरै धम्की आएको कारण पनि उनको अन्तराष्ट्रिय क्रिकेट प्रभाभित भएको बताए । स्काई क्रिकेट संगको पोडकास्टमा फिलिप डेफ्रिटासले भने, “मलाई नेश्नल फ्रन्टबाट एउटा धम्की पूर्ण पत्र आयो, जसमा लिखिएको थियो, यदि मैले इङल्यान्डको लागि खेले भने मलाई गोली हानिने छ। मसंग यो एक पटक मात्रै होइन, दुई वा तीन पटक भयो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *