भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन गणेश थापाको चुनौती (भिडियो)

डिसी नेपाल
१६ असार २०७७ १७:४०

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। डिसी नेपालसँगको विशेष कुराकानीमा थापाले आफू माथि लगाइएको ५८ करोड भ्रष्टाचार आरोपको प्रकरणमा आफूले सफाइ पाएको भएपनि विभिन्न समयमा यो विषयलाई अनावश्यक रुपमा उचाल्ने काम भएको बताए। साथै आफ्नो कार्यकालभरी एन्फामा कुनै किसिमको अनियमितता नभएको उनको दाबी गरे।

थापाले तथ्यहीन रुपमा आफूमाथि भएको प्रचारबाजीले पीडाबोध गराएको र आफ्नो कार्यकालमा एन्फामा भएको कामको जिम्मेवारी लिने समेत बताए। ‘अखिल नेपाल फुटबल संघ भनेको गणेश थापा मात्र होइन, त्यहाँ उपाध्यक्ष छन्, सचिव र कोषाध्यक्ष छन् कार्यसमिति छ साधारणसभा छ कर्मचारी छन् जसले पनि बदमाशी गर्न सक्दछन्। यदि कुनै किसिमको अनियमितता भएको भए मेरो कार्यकालभरी भएको सम्पूर्ण जिम्मेवारी म लिन्छु,’ थापाले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *