बार्सिलोना खेल तालिकाको दोस्रो स्थानमा

डिसी नेपाल
१७ असार २०७७ ९:४७

काठमाडौं । स्पेनिश फुटबल लिग ला लिगाअन्तर्गत बार्सिलोना र एथ्लेटिको मड्रिडबीच हिजो भएको खेल २–२ को बराबरीमा सकिएको छ ।

एघारौँ मिनेटमा प्रतिद्वन्दी टोली एथ्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल प्रहार गरेपछि बार्सिलोनाले १–० को अग्रता लिएको थियो । तर खेलको १९ ‌औँ मिनेटमा साउल निगेजले गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।

दोस्रो हाफको ५० औँ मिनेटमा आफ्नो खेल करिअरकै ७०० औँ गोल गर्दै बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो क्लबलाई २–१ को अग्रता दिलाएका थिए ।

पेनाल्टीमार्फत् मेसीले उत्कृष्ट गोल प्रहार गरेपनि उक्त गोलले उनको क्लबलाई विजयी बनाउन भने सकेन । एथ्लेटिकोको लागि ६२ ‌औँ मिनेटमा निगेजले पुनः गोल गरेपछि खेल २–२ को बराबरी पुगेको थियो ।

उपाधि दाबेदारका रूपमा हेरिएको बार्सिलोना ७० अंकका साथ खेल तालिकाको दोस्रो स्थानमा छ भने एथ्लेटिको ५९ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको साथ रियाल मड्रिडले ७१ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *