एफए कपमा म्यान्चेस्टर यूनाईटेड र चेल्सी भिडदै

डिसी नेपाल
१७ असार २०७७ १२:०७

काठमाडौं । विश्कै सबैभन्दा पुरानो ईङलिश फुटबल प्रतियोगिता एफए कपको चौथों सिजनका लागि सेमिफाईनल टोलिहरु तय भएको छ । सेमिफाईनलमा म्यान्चेस्टर यूनाईटेड, चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटिले स्थान बनाएका छन । सेमिफाईनल खेलहरु ईङल्यान्डको बेम्बले स्टेडियममा हुनेछ । साथै अगस्ट १ मा फाईनल खेल पनि सोहि स्टेडियममा हुनेछ ।

पहिलो सेमिफाईनल म्यान्चेस्टर यूनाईटेड र चेल्सी बिच जुलाई १८ मा हुनेछ । यी दुबै टोली करिब २४ बर्षपछि एएफ कपमा आमुने सामुने हुदैछन । पछिल्लो पटक सन १९९६ मा भएको सेमिफाईनलमा म्यान्चेस्टर यूनाईटेडले जित हासिल गरेको थियो ।

करिब १२ औं पटकको च्याम्पियन म्यान्चेस्टर यूनाईटेडले नरविच सिटिलाई २–१ ले पराजित गर्दै ३० औं पटक सेमिफाईनलमा स्थान बनाएको हो । म्यान्चेस्टर यूनाईटेडले अन्य टोलिहरुको तुलनामा सबैभन्दा बढि पटक सेमिफाईनलमा स्थान बनाएको हो । यसअघि आर्सनलले २९ पटक सेमिफाईनलमा स्थान बनाउन सफल भएको थियो । यद्यपि आर्सनलले सबैभन्दा बढी १३ पटक उपाधि हातपारेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल १९ जुलाईमा आर्सनल र डिफेन्डि च्याम्पियन म्यान्चेस्टर सिटी बीच हुनेछ। सिटीले अहिलेसम्म ६ पटक उपाधि जितेको छ। उही समयमा युनाइटेडको सामना गर्ने चेल्सी ८ पटक च्याम्पियन भई सकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *