बेलायतमा दोस्रो चरणको कोरोना पसेको संकेत

डिसी नेपाल
२४ असार २०७७ २०:१८

लण्डन। बेलायतमा विगत दुईदिनदेखि कोरोनाको दोस्रो आगमन भएको संकेत देखा परेकोछ। पहिलो चरणको कोरोनाबाट हालसम्म करिब ४३ हजारको मृत्यु भएको छ भने यसमा ६७ जना नेपालीहरू परेका थिए।

सरकारले यहि जुन ४ गतेबाट यहाँ खेलमैदान, पार्क र बालबालिकाहरूलाई खेलाउन लैजाने बाल उद्यान खोल्ने निर्णय गरेको थियो। फेरि अचानक कोरोनाको नयाँ संक्रमितको संख्या बढेकोछ।

गत हप्ता लण्डनको बाहिर रहेको लेस्चर भन्ने शहरमा पुनः लकडाउनको घोषणा गरेको थियो।
लण्डनको हिलिङडन अस्पतालमा कोरोना संक्रमणका कारण ७० भन्दा बढी स्वास्थकर्मी आइशोलेसनमा बसेको अस्पतालका प्रवक्ताले जनाएका छन्। यसका कारण असपतालको आकस्मिक कक्ष बन्द गरी अन्य अस्पतालबाट सेवा दिने गरिएकोछ।

पछिल्ला दिनहरूमा मान्छेहरू समुद्री किनार लगायतका ठाउँमा धेरैको संख्यामा थुप्रिएपछि गत हप्ता मात्र यहाँका स्वास्थ वैज्ञानिकहरूले सामाजिक दुरीको उल्लङघन भएको र जसका कारण पुनः कोरोनाको आगमन हुने चेतावनी दिएका थिए।

हिलिङडन अस्पताल यहाँका प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन क्षेत्र हो भने उनले असपतालमा कार्यरत स्वास्थकर्मीलाई भिडियो सन्देश पठाएर काममा खटिएका सम्पूर्ण स्वास्थकर्मीलाई धन्यबाद दिँदै थप हौसला बढाउने काम गरेका थिए।

अब अन्य अस्पतालमासमेत कोरोना बढ्दै जान सक्ने आशंका गरिएको छ भने अस्पतालमा रहेका वार्ड मात्र नभई अस्पताल भित्रका क्यान्टिन लगायतका ठाउँहरूमा पनि उच्च सथर्कता अपनाउन भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *