कोरोना महामारीः पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको अर्को रेकर्ड

काठमाडौँ । छिमेकी मुलुक भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन थपिने संक्रमितको संख्या मध्ये सबैभन्दा धेरै हो । बुधबार नै भारतमा ४९१ जना संक्रमितको मृत्यु भएको छ।

यो सँगै भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार १४४ पुगेको छ भने ७ लाख ६९ हजार ५२ जना संक्रमित भएका छन्। त्यस्तै, संक्रमित मध्ये ४ लाख ७६ हजार ५५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २ लाख ७१ हजार ३५४ जना स्वास्थ्योपचार गराईरहेका छन्।

विश्वभर १ करोड २१ लाख संक्रमित

कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । हालसम्म विश्वभर १ करोड २१ लाख ५५ हजार ६०३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।संक्रमितमध्ये हालसम्म ५ लाख ५१ हजार १९२ जनाको ज्यान गएको छ भने ७० लाख २५ हजार २७६ जना निको भएर घर फर्किसकेका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो