२४ घण्टामा भारतमा ब्राजिलमा भन्दा धेरै संक्रमित, अमेरिकामा भन्दा धेरैको मृत्यु

डिसी नेपाल
२९ असार २०७७ ९:३२

काठमाडौँ । छिमेकी मुलुक भारतमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतले कोरोना संक्रमणमा ब्राजिललाई पनि उछिनेको छ । पछिल्लो २४ घण्टामा भारतमा २९ हजार १०८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

यहि समय ब्राजिलमा २५ हजार ३६४ जना संक्रमित भेटिएका छन्।

यस्तै कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकाभन्दा भारतमा धेरै संक्रमितको ज्यान गएको छ । भारतमा आइतबार मात्रै ५०० जना संक्रमितको ज्यान गएको छ। यहि समयमा अमेरिकामा ३८० जनाको मृत्यु भएको थियो ।

विश्वभर ६्र५ लाख ७१ हजार बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हालसम्म विश्वभर ५ लाख ७१ हजार ८० जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ९५६ जनाको ज्यान गएको छ।

हालसम्म विश्वभर १ करोड लाख ३० लाख हजार २८ हजार १८२ जना मानिस कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ७५ लाख ७५ हजार ५२३ जना निको भएर घर फर्र्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *