के रुसले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको हो ? बजारमा कहिले आउँछ ?

डिसी नेपाल
२९ असार २०७७ ११:०३

काठमाडौं। नोबेल कोरोनाभाइरसबाट अहिलेसम्म विश्वमा १ करोड २८ लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् र यो भाइरसबाट हुने रोग कोभिड–१९ बाट अहिलेसम्म करिब ५ लाख ५५ हजारको मृत्यु भइसकेको छ । यो भाइरसको करिब ७ महिना लामो प्रकोपपछि रुसले यो दावी गरेको छ कि उसका वैज्ञानिकहरुले कोरोनाभाइरको पहिलो भ्याक्सिन बनाएका छन् ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवले भनेका छन् ‘विश्वको पहिलो कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न गरिएको छ ।’ उनका अनुसार मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले यो ट्रायल गरेको थियो र ट्रायलमा यो भ्याक्सिन मानिसमा सुरक्षित भएको पाइयो । जुन मानिसहरुमा भ्याक्सिनको परीक्षण भएको थियो उनीहरुको एक समूहलाई १५ जुलाइ र अर्को समूहलाई २० जुलाइमा अस्पतालबाट विदा दिइनेछ ।

युनिभर्सिटीले १८ जूनमा रुसको गेमली इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो । सेचेनोफ युनिभर्सिटीका एक अन्य बरिष्ठ अधिकारी अलेक्जेन्डर लुकाशेवका अनुसार ‘भ्याक्सिन ट्रायलको यो चरणको उद्देश्य यो सुनिश्चित गर्नु थियो कि भ्याक्सिन मानिसमा सुरक्षित छ कि छैन । ट्रायल सफलतापूर्वक पूरा गरिएको छ । हामीले यो भ्याक्सिन सुरक्षित भएको पायौं ।’ लुकाशेवका अनुसार भ्याक्सिनको व्यापक उत्पादनको लागि अगाडि के–के तयारीहरु गर्नुपर्छ यको रणनीति तय भइरहेको छ ।

वादिम तारासोवले भने ‘महामारीको दौरमा सेचेनोफ युनिभर्सिटीले शिक्षण संस्थानको रुपमा मात्र नभइ उक वैज्ञानिक र प्राविधिक अनुसन्धान केन्द्रको रुपमा पनि काम गर्यो जो औषधिहरु जस्ता महत्वपूर्ण र जटिल उत्पादनको निर्माणमा सहभागी हुन सक्षम छ । विश्वभरी अहिलेसम्म ७० लाखभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भएपछि पूर्ण रुपमा ठिक भइसकेका छन् ।

बीबीसीबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *