कोरोना संक्रमणबाट ५ लाख ७३ हजार भन्दा बढीको मृत्यु, ६९ करोड मानिस भोकमरीको शिकार

डिसी नेपाल
३० असार २०७७ ७:५६

काठमाडौं। कोरोना भाइरसबाट विश्वभर १ करोड ३१ लाख ३४ हजार ४७९ जना संक्रमित भएका छन्। तीमध्ये ७६ लाख ५९ हजार ७६ जना उपचारपछि निको भएका छन् भने ५ लाख ७३ हजार २९९ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट धेरै मृत्यु हुनेमा ल्याटिन अमेरिकाले अमेरिका र क्यानडालाई पछि पारेको छ। ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४४ हजार ७५८ जनाको मृत्यु भइसकेको छ। अमेरिका र क्यानडामा १ लाख ४४ हजार २३ जनाको मृत्यु भएको छ। अहिलेसम्म युरोपमा २ लाख २ हजार ५०५ जनाको मृत्यु भएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रेयेससले कोरोना महामारी झन बढिरहेको बताएका छन्। उनले युरोप र एशियाका केही देशले कोरोना माहामारीलाई नियन्त्रण गर्न सफल भएपनि केही देश अहिले पनि गलत दिशातर्फ गइरहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार कोरोना महामारीका कारण विश्वमा प्रत्येक नौ जनामध्ये एक जना भोकमरीको शिकार हुने संभावना छ। उक्त रिपोर्टका अनुसार विश्वभरमा अहिले ६९ करोड मानिस भोकमरीको शिकार भएका छन्। यो पूरै विश्वको जनसंख्याको ८ दशमलव ९ प्रतिशत हो।

विश्व स्वास्थ्य संगठनले अमेरिकाले डब्ल्यूएसओबाट अलग हुने पत्र आफूलाई नदिएको जनाएको छ। तर अमेरिकारले डब्ल्यूएचओबाट अलग हुने घोषणा गरिसकेको छ। गत हप्ता संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गटेरसलाई आफू डब्ल्यूएचओबाट अलग हुने सूचना दिएका थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *