कोरोना भ्याक्सिन विकासमा अमेरिकाले पायो ठूलो सफलता, वैज्ञानिक उत्साहित

डिसी नेपाल
३१ असार २०७७ ११:४७

काठमाडौं। कोरोना भ्याक्सिनको विकासमा अमेरिकी कम्पनी मोडर्नाले ठूलो सफलता पाएको छ । यसको दोस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ र अब तेस्रो तथा निर्णायक ट्रायल सुरु हुँदैछ । यो अमेरिकाको सबैभन्दा पहिले विकसित र सबैभन्दा पहिले ट्रायल सुरु भएको कोरोना भ्याक्सिन हो । अहिलेसम्मका ट्रायलको नतिजाबाट वैज्ञानिक उत्साहित भएका छन् । मंगलबार आएको रिपोर्टमा यो भ्याक्सिनले मानिसको रोग प्रतिरोधी क्षमतामा वैज्ञानिकहरुले चाहेजस्तै काम गरेको उल्लेख छ ।

अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले समाचार एजेन्सी एपीसँग भने ‘तपाइँले यसलाई जसरी पनि लिन सक्नुहुन्छ तर यो राम्रो खबर हो ।’ यो प्रायोगिक भ्याक्सिनलाई अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कर्पोरेटले मिलेर बनाइरहेका छन् । यसको तेस्रो तथा निर्णायक ट्रायल २७ जुलाइको आसपास गर्ने तय भएको छ । अमेरिकामा कोरोनाको संक्रमण दर उच्च रहेकोले यसको निर्णायक ट्रायलको लागि अमेरिकी वैज्ञानिकहरुलाई देशबाहिर जानुपर्ने आवश्यकता पनि छैन । यसकारण यो भ्याक्सिनको अन्तिम नतिजा छिटै आउने अपेक्षा गरिएको छ ।

मार्चमा ४५ जनामा गरिएको यो भ्याक्सिनको पहिलो ट्रायलको नतिजाको सबै शोधकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । मंगलबार आएको निष्कर्षले यो भ्याक्सिन सफल हुने संकेत गरेका छन् । अनुसन्धान टोलीले न्यू इङल्याण्ड जर्नल अफ मेडिसिनलाई बताएअनुसार भ्याक्सिन दिइएका स्वयंसेवकहरुमा संक्रमण रोक्ने न्युट्रलाइजिङ एन्टिबडी विकसित भएको पाइएको छ । अनुसन्धानका नेतृत्वकर्ता सिएटलको क्यासल परमानेन्ट वाशिङटन रिसर्च इन्स्टिच्युटकी डाक्टर लिसा ज्याक्सनले भनिन् ‘यो एउटा आवश्यक कडी हो जसको साथमा ट्रायलमा अगाडि बढ्ने आवश्यकता हुन्छ । जसले वास्तवमा यो निर्धारण गर्छ कि के यो भ्याक्सिन संक्रमणबाट बचाउन सक्षम छ ?’

यो भ्याक्स्नि पूर्ण रुपमा कहिलेसम्म आउँछ भन्ने बारेमा अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन तर सरकारले यो वर्षको अन्त्यसम्म यसको अन्तिम परिणाम आउने अपेक्षा गरेको छ । यो भ्याक्स्निलाई सकेसम्म छिटो विकसित गर्ने कोसिस भइरहेको छ । यो भ्याक्सिनका दुई डोज दिइनेछन् । रिसर्चमा यो भ्याक्सिनको कुनै पनि गम्भीर नकारात्मक असर देखिएको छैन । ट्रायलमा सहभागी आधाभन्दा धेरै स्वयंसेवकले फ्लुजस्तो लक्षण देखिएको बताएका छन् जुन सामान्य हो र सामान्यतया सबै किसिमका भ्याक्सिन लगाएपछि यस्ता लक्षण देखिन्छन् । थकान, टाउको दुखाइ, रुघा, ज्वरो र इन्जेक्सन लगाएको ठाउँमा दुख्नु भ्याक्सिन लगाएपछि हुने सामान्य कुरा हो ।

भेंडरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका डा. विलियम शेफनरले भ्याक्सिनको सुरुवाती परिणामलाई राम्रो सुरुवाती कदम र आशावादी भन्दै अन्तिम ट्रायलपछि मात्र यो भ्याक्सिन यो वर्षको अन्त्यसम्म बजारमा ल्याउनका लागि सुरक्षित छ कि छैन भन्ने थाहा हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *