चीनको भ्याक्सिनको अर्को चरणको ट्रायलको नतिजा पनि आयो !

डिसी नेपाल
६ साउन २०७७ १०:११

काठमाडौं। चीनको कोरोना भ्याक्सिनले सफलताको अर्को चरण पनि पार गरेको छ । यो भ्याक्सिनको फेज २ ट्रायलको पूर्ण नतिजा आएको छ र नतिजामा यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको पाइएको छ ।

वैज्ञानिकहरुले यो भ्याक्सिन सुरक्षित भएको र शरीरको प्रतिरोधी क्षमता बलियो बनाउन सफल रहेको बताएका छन् । मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित ट्रायल रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले लेखेअनुसार दोस्रो फेजमा यो भ्याक्सिन ५०८ जनामा ट्रायल गरिएको थियो ।

फेज १ मा यो भ्याक्सिन १०८ स्वस्थ स्वयंसेवकहरुमा ट्रायल गरिएको थियो । चीनको जियाङशु प्रान्तीय सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्नका प्रोफेसर फेंगकाइ झुले भने ‘हामीले फेज २ का ५०८ स्वयंसेवकहरुमा १८ देखि ५५ वर्ष उमेर समूहका स्वयंसेवकलाई सहभागी गराएका थियौं । यो फेज १ भन्दा ५ गुणा ठूलो थियो ।’

द ल्यान्सेटको रिपोर्टअनुसार चीनको भ्याक्सिन एडी ५ को ट्रायल चीनको वुहान शहरमा गरिएको थियो । यो भ्याक्निको असर सबै उमेर समूहका व्यक्तिहरुमा जाँच गरिएको छ । जाँचमा यो भ्याक्सिन हरेक उमेर समूहका व्यक्तिहरुमा प्रभावकारी रहेको पाइएको छ ।

बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीकी प्रोफेसर वेइ चेनले भनिन् ‘कोरोनाको सबैभन्दा धेरै खतरा पाको उमेरका मानिसहरुलाई हुन्छ । तर हाम्रो यो भ्याक्सिनले खोस्रो फेजमा राम्रो नतिजा दिएको छ । यसको कारणले कैयौं पाको उमेरका व्यक्तिहरु ठिक भए । यी सबैको शरीरमा प्रतिरोधक क्षमता वृद्धि भएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *